काठमाडौं, पुस २४। नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचनको तयारी तथा परिचालनका लागि पार्टीका केन्द्रीय तहका नेताहरूलाई जिम्मेवारी तोकेको छ।
पार्टीले सम्बन्धित भूगोलमा केन्द्रित भएर काम गर्ने गरी नेताहरूलाई जिल्लागत रूपमा चुनावी अभियानको संयोजन गर्ने जिम्मेवारी दिएको हो।
एमाले सचिवालय बैठकको निर्णयअनुसार मातहतका कमिटीहरूलाई सर्कुलर पठाउँदै नेताहरूको जिम्मेवारी तोकिएको पार्टी स्रोतले जनाएको छ। निर्वाचनलाई प्रभावकारी बनाउने उद्देश्यसहित पार्टी संगठनलाई थप सक्रिय बनाइने एमालेको तयारी रहेको बताइएको छ।














प्रतिक्रिया दिनुहोस्