काठमाडौं, पुस २५ । बिगो बापतको रकम बैंक ग्यारेन्टी बुझाएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्त भएपछि नक्कली शरणार्थी प्रकरणमा मुछिएका एमाले नेता टोपबहादुर रायमाझीले पनि त्यही बाटो पछ्याउनु भएको छ।
रकम बुझाएर थुनामुक्त हुन पाउँ भनी रायमाझीले जिल्ला अदालत काठमाडौंमा निवेदन दिनुभएको छ । जिल्ला अदालत काठमाडौंले रायमाझीको माग अस्वीकार गरेपछि जिल्ला अदालतको आदेश विरुद्ध रायमाझी उच्च अदालत पाटन पुग्नुभएको छ ।
उच्च अदालत पाटनले शुक्रबार जिल्ला अदालत काठमाडौंबाट कैफियत प्रतिवेदन र अरू मिसिल झिकाउन आदेश गरेको छ । उच्च अदालतले जिल्ला अदालतले फाइल पठाएपछि निवेदनमाथि सुनुवाइ हुने जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्