जनता टाइम्स

२७ पुष २०८२, आईतवार २०:११

कांग्रेस विशेष महाधिवेशनमा ६२.४ प्रतिशत प्रतिनिधिको नाम दर्ता


काठमाडौं, पुस २७ । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ६२.४ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन्।

आयोजकका अनुसार विशेष महाधिवेशनको उद्घाटन समारोहमा सहभागी प्रतिनिधिहरूमध्ये ६२.४ प्रतिशतले औपचारिक रूपमा नाम दर्ता गराएका हुन्। कांग्रेसमा कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन्।

विशेष महाधिवेशनको उद्घाटन सत्र आज सम्पन्न भएको छ। महाधिवेशनको बन्दसत्र भोलि बिहान ८ बजेदेखि भृकुटीमण्डपमा सुरु हुने आयोजकले जनाएको छ । उद्घाटनसत्रमा पार्टी सभापति शेरबहादुर देउवा लगायतका नेता अनुपस्थित हुनुहुन्थ्याे ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा विशेष महाधिवेशन भएको हो । संस्थापन पक्ष नियमित महाधिवेशन गर्नु पर्ने पक्षमा थियो ।