काठमाडौं, मंसिर १७
उसुको थाउलुतर्फ थानछ्वानको महिलाको प्रतिस्पर्धामा पनि नेपालले स्वर्ण पदक जितेको छ । सुस्मिता तामाङले नेपाललाई उसुतर्फ दोस्रो स्वर्ण पदक जिताउनु भएको हो । यसअघि विजय सिञ्जालीले थाउलोतर्फ छानछ्वानमा स्वर्ण जित्नु भएको थियो ।
तामाङले ९.४४ अंक प्राप्त गर्दै नेपालको स्वर्ण सख्या १७ पु¥याउनु भएको छ । यो खेलमा बंगलादेशी खेलाडीले ७.५३ र श्रीलंकाकी खेलाडीले ८.८५ अंक प्राप्त गरेका छन् । यससँगै श्रीलंकाले रजत र बंगलादेशले कास्यमा चित्त बुझाउनुपरेको हो ।
प्रतिक्रिया दिनुहोस्