काठमाडौं, पुस २७ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा खुल्ने महाधिवेशन प्रतिनिधिहरूको सङ्ख्या २ हजार ६ सय ६२ पुगेको छ।
विशेष महाधिवेशन सचिवालयले आइतबार साँझ ८ बजेसम्म उपलब्ध गराएको तथ्याङ्क अनुसार यति सङ्ख्यामा प्रतिनिधिहरूले विशेष महाधिवेशनको समर्थनमा हस्ताक्षर गरिसकेका छन्।
प्रदेशगत रूपमा कोसी प्रदेशबाट ४२५, मदेसबाट ४४६, बागमतीबाट ४३२, गण्डकीबाट २९६, लुम्बिनीबाट ३९८, कर्णालीबाट १३४ र सुदूरपश्चिमबाट १५८ जना प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा उभिएका छन्। यस्तै, काठमाडौं उपत्यकाबाट १७८ तथा भ्रातृ, शुभेच्छुक र जनसम्पर्क संगठनतर्फबाट १९५ जना प्रतिनिधिहरूको समर्थन देखिएको छ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र आइतबार काठमाडौंमा सम्पन्न भइसकेको छ। महाधिवेशनको बन्दसत्र भोलि बिहान ८ बजेदेखि सुरु हुने आयोजकले जानकारी दिएका छन्।














प्रतिक्रिया दिनुहोस्