काठमाडौं, पुस २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र भइरहेको विशेष महाधिवेशनलाई वैध महाधिवेशनका रूपमा स्वीकार गर्न नसकिने स्पष्ट गर्नुभएको छ ।
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले वैधता नपाउने बताउँदै सभापति देउवाले पार्टी फुटाउने प्रयास भइरहेको भए पनि कांग्रेस नफुट्ने र आफूहरूले त्यसलाई रोक्ने दाबी गर्नुभयो । आइतबार बिहान पार्टीका नेता–कार्यकर्तासँगको भेटमा उहाँले भन्नुभयो, ‘पार्टी फुटाउने प्रयास भयो, तर कांग्रेस फुट्दैन । यो हामी रोक्छौँ ।’
सभापति देउवाले विशेष महाधिवेशनको बन्दसत्रबाट आउने निर्णयका आधारमा आवश्यक राजनीतिक तथा संगठनात्मक कदम चालिने जानकारी पनि दिनुभयो । पार्टी विधान र निर्धारित प्रक्रिया विपरीत गरिने कुनै पनि गतिविधिलाई मान्यता नदिइने उहाँको स्पष्ट सन्देश छ ।
आइतबार बिहानै संस्थापन पक्षका केही नेताहरू सभापति देउवालाई भेट्न उहाँको निवास पुगेका थिए । भेटका क्रममा कांग्रेसको एकता जोगाउने र वर्तमान परिस्थितिलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भएको बताइएको छ ।













प्रतिक्रिया दिनुहोस्