काठमाडौं, मंसिर १७
परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले खेलकुद क्षेत्रबाट कुनै पनि सुविधा नलिएको बताउनु भएको छ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को उद्घाटनका क्रममा दौरा सुरुवाल लिएको भनेर समाचार आएपछि उहाले यसबाट आफु अचम्मित भएको बताउनु भएको छ ।
उहाले त्यस्ता कुराको जानकारी नभएको, कुनै सुविधा नलिएको र लिनु आवश्यक पनि नरहेको उल्लेख गर्नुभएको छ । उहाले आज विहान समाजिक सञ्जालबाट यस्ता भ्रामक समाचार प्रकाशित नगर्न समेत अपिल गर्नुभएको छ ।
‘१३औं SAG को सन्दर्भमा मेरो नामसमेत जोडेर नयाँ पत्रिकामा प्रकाशित समाचारबाट अचम्भित भएको छु । त्यस्तो सुविधा दिने निर्णय भएको भए त्यस सम्बन्धमा कुनै जानकारी समेत नभएको, कुनै सुविधा नलिएको र लिनु आवश्यक पनि नरहेको स्पष्ट पार्दै यस्ता भ्रामक समाचार प्रकाशित नगर्नुहुन अनुरोध गर्दछु’, उहाले भन्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्