काठमाडौं, पुस २८ । नेकपा एमाले वाग्मती प्रदेश कमिटीले उपत्यकाबाहेकका १० जिल्लामा प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन क्षेत्र र जिल्लाबाट आएका उम्मेदवार सिफारिसमा संशोधन गर्दै केन्द्रमा पठाउने निर्णय गरेको छ।
प्रदेश सचिवालयको बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि वाग्मती प्रदेशअन्तर्गतका १० जिल्लाका १८ निर्वाचन क्षेत्रमा जिल्ला कमिटीबाट प्राप्त सिफारिसलाई आधार मानी केही नाम थपेर केन्द्रमा पठाउने निर्णय गरेको हो। पार्टी सचिव प्रदेश संयोजक महेश बस्नेतका अनुसार जिल्लाबाट आएका सिफारिसमा आवश्यक समन्वय र सन्तुलन मिलाउँदै संशोधन गरिएको छ।
निर्णयअनुसार सिन्धुलीका दुईवटै निर्वाचन क्षेत्र, सिन्धुपाल्चोकका दुई क्षेत्र, काभ्रेपलाञ्चोकका दुई क्षेत्र, धादिङका दुई क्षेत्र, नुवाकोटका दुई क्षेत्र, मकवानपुरका दुई क्षेत्र तथा चितवनका तीन निर्वाचन क्षेत्र, रामेछाप, दोलखा र रसुवाका लागि उम्मेदवार सिफारिस गरिएको छ।
प्रदेश कमिटीले सम्बन्धित जिल्ला कमिटीका सिफारिसलाई प्राथमिकतामा राख्दै समावेशिता, संगठनात्मक अनुभव र निर्वाचनको सम्भावनालाई ध्यानमा राखेर नाम केन्द्रमा पठाइएको जनाएको छ। अब केन्द्रले प्रदेशबाट प्राप्त सिफारिसको आधारमा अन्तिम उम्मेदवार चयन गर्नेछ।
यस निर्णयसँगै बागमती प्रदेशमा एमालेको उम्मेदवार चयन प्रक्रिया औपचारिक रूपमा केन्द्रतर्फ प्रवेश गरेको छ भने आन्तरिक छलफल र समीकरण पनि तीव्र हुने देखिएको छ।
यसै बिच आज बसेको नेकपा (एमाले) वाग्मती प्रदेश संगठन कमिटीको बैठकले भोलि दिउँसो १ बजे काठमाडौंकाे ए वान पार्टी प्यालेसमा वाग्मती प्रदेश अन्तर्गतका सबै निर्वाचन क्षेत्रबाट सिफारिस गरिएका उम्मेदवारहरूको अन्तरक्रिया कार्यक्रम आयोजना गर्न निर्णय गरेको छ । कार्यक्रममा उम्मेदवारहरू, जिल्ला इन्चार्जहरू, वाग्मती प्रदेश कमिटी सचिवालय र पदाधिकारीहरू तथा जिल्ला अध्यक्षहरूलाई आमन्त्रण गरिएको छ ।
यी हुन् प्रदेशबाट सिफारिस भएका नामहरु :
१. सिन्धुली
निर्वाचन क्षेत्र नं. १
१) क. केदार प्रसाद देवकोटा
२) क. गणेश कुमार पहाडी
३) क. डम्बर बहादुर कार्की
४) क. ध्रुव श्रेष्ठ
५) क. नारायण अधिकारी दनुवार
६) क. निलिमा गुरुङ
७) क. प्रदिप कुमार केसी (कतुवाल)
८) क. डा. बसन्त न्यौपाने
९) क. सुबास देवकोटा
निर्वाचन क्षेत्र नं. २
१) क. उमा कोइराला
२) क. कौशल कोइराला
३) क. धनजंग थापा
४) क. नवराज थिङ्ग
५) क. निरु दर्लामी
६) क. पुष्प श्रेष्ठ
७) क. मनोज जंग थापा
८) क. रामकृष्ण श्रेष्ठ
९) क. शान्तिमान कार्की
२. रामेछाप (निर्वाचन क्षेत्र नं. १)
१) क. कमल प्रसाद चौलागाई
२) क. केशर बहादुर बढाथोकी
३) क. कैलाश प्रसाद ढुंगेल
४) क. गीता कार्की
५) क. पर्शुराम बस्नेत
६) क. माधव प्रसाद ढुंगेल
७) क. रत्न प्रसाद गौतम
८) क. शान्ति प्रसाद पौडेल
३. दोलखा (निर्वाचन क्षेत्र नं. १)
१) क. डबल पाण्डे
२) क. पार्वत गुरुङ
३) क. बालकृष्ण सिवाकोटी
४) क. रचना खड्का
५) क. श्याम बस्नेत
४. सिन्धुपाल्चोक
निर्वाचन क्षेत्र नं. १
१) क. अरुण नेपाल
२) क. सुरेश नेपाल
३) क. होमनारायण श्रेष्ठ
४) क. कमल नेपाल
५) क. बादल तामाङ
६) क. युद्धविक्रम तामाङ
७) क. सुशिला पाखिन
८) क. आङदोर्जे शेर्पा
निर्वाचन क्षेत्र नं. २
१) क. शेरबहादुर तामाङ
२) क. सुभाष कर्मचारी
३) क. हस्त पण्डित
४) क. गम्भीरलाल श्रेष्ठ
५) क. अशोक चौलागाई
६) क. उपेन्द्र तामाङ
५. काभ्रेपलाञ्चोक
निर्वाचन क्षेत्र नं. १
१) क. नविना लामा
२) क. अमित लामा
३) क. कान्छामान तामाङ (रक्तिम)
४) क. टुल्कु लामा
५) क. चन्द्र बहादुर लामा
६) क. दिपक चौलागाई
७) क. रामहरी सुवेदी
८) क. रेशम बहादुर लामा
९) क कुलचन्द्र अधिकारी
निर्वाचन क्षेत्र नं. २
१) क. अशोक व्यञ्जु
२) क. गोकुल प्रसाद बाँस्कोटा
३) क. बिमला शर्मा चौलागाई
४) क. हरिशरण दाहाल
६. धादिङ
निर्वाचन क्षेत्र नं. १
१) क. दक्षिण त्रिपाठी
२) क. जगन्नाथ नेपाल
३) क. मिनराज कँडेल
४) क. कमला शर्मा
५) क. गजेन्द्र थपलिया
६) क. दिपक खतिवडा
७) क. कपिल अधिकारी
८) क. कृष्ण कुमारी थापा
निर्वाचन क्षेत्र नं. २
१) क. खेम प्रसाद लोहनी
२) क. अर्जुन कुमार श्रेष्ठ
३) क. धनबहादुर घले
४) क. शम्भु कुमार थापा
५) क. उमेश कुमार थापा
६) क. डा. रामकुमार अधिकारी
७) क. चन्द्र रिजाल
७. नुवाकोट
निर्वाचन क्षेत्र नं. १
१) क. बद्री मैनाली
निर्वाचन क्षेत्र नं. २
१) क. केशवराज पाण्डे
८. रसुवा
१) क. माधव अर्याल
२) क. प्रेम बहादुर तामाङ
९. मकवानपुर
निर्वाचन क्षेत्र नं. १
१) क. रामेश्वर राणा
२) क. हिदम लामा
३) क. कृष्ण प्रसाद दाहाल
४) क. रामचन्द्र राई
५) क. नारायण सापकोटा
६) क. मदन कुमार दाहाल
निर्वाचन क्षेत्र नं. २
१) क. महेश बर्तोला
२) क. सुभाष चन्द्र शाह ठकुरी
१०. चितवन
निर्वाचन क्षेत्र नं. १
१) क. कमलराज पाठक
२) क. दावादोर्जे लामा
निर्वाचन क्षेत्र नं. २
१) क. डा. तिलचन्द्र भट्टराई
२) क. देवी प्रसाद ज्ञवाली
निर्वाचन क्षेत्र नं. ३
१) क. शंकरराज थपलिया
२) क. कृष्णलाल चौधरी
३) क. शारदा कुमाल
४) क. सुनिता अधिकारी
प्रतिक्रिया दिनुहोस्