जनता टाइम्स

२९ पुष २०८२, मंगलवार १३:२२

नयाँ नेतृत्व चयनको माग गर्दै भृकुटीमण्डपमा कांग्रेसका महाधिवेशन प्रतिनिधिले सुरु गरे नाराबाजी, देउवा नेतृत्व अस्वीकार


काठमाडौं, पुस २९। नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनको माग गर्दै भृकुटीमण्डपमा महाधिवेशन प्रतिनिधिहरूले नाराबाजी सुरु गरेका छन् । विशेष महाधिवेशन पक्षधर प्रतिनिधिहरूले ‘झुटो वार्ता नमान्ने’ भन्दै आक्रोशपूर्ण नाराबाजी गरेका हुन् ।

नाराबाजीमा उत्रिएका प्रतिनिधिहरूले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्व परिवर्तन गरी गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टीको नेतृत्वमा ल्याउनुपर्ने माग राखिरहेका छन् ।

यसैबीच निर्वाचन आयोगले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिसकेको छ । नेतृत्व चयनको प्रक्रियासँगै महाधिवेशन स्थलमा चर्को दबाब र राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ ।