जनता टाइम्स

२९ पुष २०८२, मंगलवार १३:५९

कांग्रेस विशेष महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक, मतदान आजै राति ९ बजेदेखि राति १ बजेसम्म


काठमाडौं, पुस २८ । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार भोलि मतदान हुने भएको छ ।

निर्वाचन समितिका अनुसार आज मतदाता नामावली सार्वजनिक गर्ने, उम्मेदवारी दर्ता र दाबी–विरोधका कार्यक्रम सम्पन्न गरिनेछन् । तय गरिएको समयसीमाअनुसार उम्मेदवारहरूले विभिन्न पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराउनेछन् । मतदानकाे समय आजै राति ९ बजेदेखि राति १ बजेसम्म ताेकिएकाे छ ।

बन्दसत्रमा जारी समूहगत छलफलको सेड्युललाई मध्यनजर गर्दै निर्वाचन प्रक्रिया अघि बढाइएको निर्वाचन समितिले जनाएको छ । महाधिवेशनबाट पार्टीको भावी नेतृत्व चयन हुने भएकाले प्रतिनिधिहरूको चासो र राजनीतिक गतिविधि तीव्र बनेको छ ।