काठमाडौं, पुस २९। नेपाली कांग्रेसको विशेष महाधिवेशन नयाँ नेतृत्व चयनको प्रक्रिया तर्फ अघि बढेको छ ।
निर्वाचन समितिले नयाँ नेतृत्व चयनका लागि उम्मेदवारको शुल्क तोकिएको छ । निर्वाचन समितिका अनुसार सभापति पदमा उम्मेदवारी दर्ता गर्न ३० हजार रुपैयाँ शुल्क लाग्नेछ । उपसभापति र महामन्त्री पदका लागि २५ हजार, सहमहामन्त्री पदका लागि २० हजार र केन्द्रीय सदस्य पदका लागि १० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
महाधिवेशनमार्फत पार्टीको भावी नेतृत्व चयन हुने भएकाले प्रतिनिधिहरू र पार्टी कार्यकर्ताको चासो उच्च रहेको छ ।













प्रतिक्रिया दिनुहोस्