काठमाडौं, माघ १। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र बिश्वप्रकाश शर्मा समुह (नेपाली कांग्रेस जीबी) को विशेष महाधिवेशन गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय समिति चयन गरेको छ ।
काठमाडौंको भृकुटीमण्डपमा भएको जीबी कांग्रेसको विशेष महाधिवेशनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको हो । नयाँ केन्द्रीय कार्यसमितिको सभापतिमा गगन थापा घोषणा गरिएको छ ।
सो समुहले दुई उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन गरेको छ । यस्तै महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन हुनुभएको छ ।

त्यस्तै, सहमहामन्त्रीतर्फ महिलातर्फ डिला संग्रौला, दलिततर्फ प्रकाश रसाइली, आदिवासीतर्फ बहादुरसिंह लामा, खसआर्यतर्फ उदयशम्शेर जबरा, मधेशीतर्फ मुक्ताकुमारी यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर, थारुतर्फ योगेन्द्र चौधरी र पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढालाई घोषणा गरिएको छ ।
कांग्रेसको संस्थापनले कारवाही र गगन समुहले नयाँ नेतृत्व चयन गरेसँगै पार्टी औपचारिक रुपमा बिभाजन भएको छ ।































प्रतिक्रिया दिनुहोस्