जनता टाइम्स

१ माघ २०८२, बिहीबार १४:००

एकाएक ओली निवास गुण्डु किन पुगे जनार्दन शर्मा ? यस्तो छ चुरो कुरा


काठमाडौं, माघ १ । प्रचण्ड नेतृत्वको पार्टीबाट बिद्रोह गरेर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरी अघि बढनुभएका चर्चित नेता जनार्दन शर्मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट गरी सहकार्यको प्रस्ताव गर्नुभएको तथ्य खुलेको छ ।

गुण्डुस्थित निवासमै पुगेर शर्माले एमाले अध्यक्ष ओलीसँग भेटबार्ता गरी यस्तो प्रस्ताव गर्नुभएको हो । आफ्नो निर्वाचन क्षेत्र रुकुम पश्चिममै पुगेर प्रचण्डले गएर आफूलाई चुनौती दिएपछि शर्मा ओली निवास पुग्नुभएको हो । स्रोतका अनुसार एमाले अध्यक्ष ओली र शर्माबीच एक्ला एक्लै बार्ता भएको छ ।

स्रोतले जनताटाइम्स डटकमलाई दिएको भित्री सूचनाअनुसार सो भेटमा शर्माले रुकुम पश्चिममा आफूलाई सघाउन र सकेसम्म सवैतिर मिलेर जानका लागि शर्माले प्रस्ताव गर्नुभएको छ । यस्तै शर्माले निश्चित ठाउँमा चुनावी सहकार्य गर्ने प्रस्ताव समेत राख्नुभएको र एमाले अध्यक्ष ओलीले शर्मा र नेत्रविक्रम चन्द विप्लवलाई कतिपय क्षेत्रमा सघाउन सकारात्मक रहेको संकेत दिनुभएको छ ।

सो भेटपछि रुकुम पश्चिममा आफूलाई सघाउन ओली सकारात्मक रहेको बिश्वास शर्माको रहेको उहाँ निकट एक नेताले जानकारी दिएका छन । भेटमा अध्यक्ष ओलीले दल नयाँ भएको कारण सकेसम्म सूर्य चिह्नबाटै चुनाव लड्न शर्मालाई सुझाउनु भएको दावीसमेत स्रोतको छ ।