जनता टाइम्स

२ माघ २०८२, शुक्रबार १५:४५

निर्वाचन आयोगप्रति सशंकित देखियो कांग्रेस संस्थापन, भन्यो-बिधि–बिधानअनुसार चलोस, कुनै षडयन्त्र नहोस


काठमाडौं, माघ २ । नेपाली कांग्रेसको संस्थापनले निर्वाचन आयोग बिधि र बिधानभन्दा बाहिर जाने सूचना पाएको भन्दै सशंकित बनेको छ । कार्यबहाक सभापति पूर्णबहादुर खडकाले निर्वाचन आयोगमा प्रमाण बुझाएलगत्तै पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी यस्तो आशंका सार्वजनिक गर्नुभएको हो ।

पत्रकार सम्मेलनमा सभापति शेरबहादुर देउवाले नेतृत्व गरिरहेको कांग्रेसले निर्वाचन आयोगले मान्यता नदिए देशभर आन्दोलन गर्ने चेतावनी खडकाले दिनुभयो । उहाँको यो भनाईसँगै आयोगसँग सशंकित बनेको देखिएको हो ।

पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै कार्यबाहक सभापति पूर्णबहादुर खड्काले त्यस्तो अवस्था आए देशभर आन्दोलन गर्ने घोषणा पनि गर्नुभयो । ‘निर्वाचन आयोग कांग्रेसको बिधान, निर्वाचन कानूनअनुसार तत्काल निर्णय दिने अवस्थामा जावस, अनेक कुरा सुन्न थालिएको छ, त्यसो भयो भने कांग्रेस देशभर एकैपटक आन्दोलन गर्न बाध्य हुनेछ,’ खडकाले भन्नुभयो ।

उहाँले आयोग संबिधान, कानून र कांग्रेसको बिधानभन्दा बाहिर नजानेमा बिश्वास रहेको भनाई पनि राख्नुभयो । ‘निर्वाचन आयोग गलत बाटोमा जान्छ भन्ने हामीलाई लाग्दैन । तर, आशंकाहरू छन्,’ खड्काले भन्नुभयो, ‘निर्वाचन आयोगले हामीले नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई मान्यता दिएन भने कांग्रेस देशभर आन्दोलन गर्न तयार छ । हामी गाउँगाउँ, वडावडाबाट चारतारे झण्डा लिएर आन्दोलित हुनेछौं ।’

कार्यबहाक सभापति खडकाले त्यस्तो अवस्थामा आए पार्टीको आह्वानमा आन्दोनलमा होमिन देशभरका कार्यकर्ता र संघसंगठनलाई निर्देशन पनि दिनुभयो । उहाँले ‘निर्वाचन आयोग पार्टीको विधानविपरीत षड्यन्त्र र दबाबमा नपरोस’ भन्ने भनाई पटक पटक दोहोर्याउनु भयो । ‘पार्टीको विधान र संविधान विपरित काम गरे आयोगले लोकतन्त्रको कालो बादललाई साथ दिनेछ भने अन्यथा निर्णय गर्यो भने नेपाली कांग्रेस देशभर आन्दोलित हुनेछ,’ खडकाको भनाई थियो ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

कार्यबहाक सभापति खड्काले विशेष महाधिवेशनको औचित्य सकिएको अवस्थामा त्यसको कुनै वैधता नरहेको बताउनु भयो । ‘विशेष महाधिवेशन गर्नु भनेको पार्टी विखन्डनको कदम हो । पार्टी संकटमा परेको बेला यस्तो भेला आयोजना गर्नु उचित छैन । धेरै कुरा भ्रममा पारिएको छ । सभापतीले ’हामी उठाएका सबै कुरा सम्बोधन गर्छौं’ भनेका थिए। तर अहिले भ्रामक कुरा प्रस्तुत भइरहेको छ, यी सव पार्टी फुटाउन गरिएको पूर्वयोजनाअनुसारको प्रचार हो,’ खडकाले भन्नुभयो ।

खड्काले विधानको केन्द्र केन्द्रीय समिति रहेको भन्दै, विशेष महाधिवेशन पक्षधरहरूले झुटो कुरा फैलाइरहेको बताउनु भयो । ‘विशेष महाधिवेशन पार्टीलाई क्षति पुर्याउने उद्देश्यमा केन्द्रित भएको र त्यसको आयोजना अवैधानिक छ,’ खडकाको भनाई छ ।
पत्रकार सम्मेलनमा सभापति देउवाबाहेक कांग्रेसका सवै शीर्ष नेताहरु सहभागी हुनुभएको थियो । यसअघि खडकाकै नेतृत्वमा देउवाबाहेकका शीर्ष नेताहरू निर्वाचन आयोग जानुभएको थियो ।