काठमाडौं, माघ ३ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) झापाका संयोजक राजु आचार्यले पार्टी परित्याग गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक रूपमा पार्टी छाडेको घोषणा गर्नुभएको हो ।
आचार्यले आफ्नो स्ट्याटसमा ‘आजको मितिबाट प्रचण्ड नेतृत्वको पार्टीसँगको २७ वर्ष लामो राजनीतिक यात्रा समाप्त भएको जानकारी गराउँछु’ भन्दै पार्टी परित्यागको घोषणा गर्नुभएको छ ।
पार्टी छोडेपछि अब आफू स्वतन्त्र नागरिकका रूपमा जीवन अघि बढाउने उहाँको भनाइ छ । आचार्यको पार्टी परित्याग पछाडि टिकट वितरण प्रक्रियाप्रति असन्तुष्टि मुख्य कारण हुन सक्ने अनुमान गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्