जनता टाइम्स

१७ मंसिर २०७६, मंगलवार १६:३९

हेलिकप्टरसहित बागलुङ पुगेर गोकर्ण विष्टले यसरी गरे घाइतेको उद्दार, शिक्षण अस्पतालमा उपचार सुरु


काठमाडौं, मंसिर १७ । नेपाल कम्युनष्टि पार्टी (नेकपा) का नेता एवं निवर्तमान श्रममन्त्री गोकर्ण विष्ट हेलिकोप्टरसहित बागलुङ पुगेर जिप दुर्घटनाका घाइतेको उद्दार गर्नुभएको छ । नेकपाका नेता बिष्ट आफै दुर्घटनास्थलमा हेलिकोप्टर लिएरुपुगी घाइतेको उद्दार गर्नुभएको हो ।

आफ्नो निर्वाचन क्षेत्रका नागरिक दुर्घटनामा परेपछि उद्दारा लागि नेपाली सेनाको हेलिकप्टर लिएर निवर्तमान मन्त्री विष्ट घटनास्थल पुग्नुभएको हो । गुल्मीको इस्माबाट कुलपूजाका लागि बागलुङको निसीखोला जाँदै गरेको जिप दुर्घटना हुँदा बिहान १४ जनाको मृत्यु भएको थियो । घाइते तीन जनाको उद्दारका लागि गुल्मी २ का सांसदसमेत रहनुभएका निवर्तमानमन्त्री विष्ट बुर्तिबाङ पुग्नुभएको हो ।

उहाँकै पहलमा घाइतेलाई अहिले काठमाडौं ल्याइएको छ । घाइतेको काठमाडौंमा रहेको त्रिभुवन विश्व विद्यालयको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार सुरु भएको उहाँका प्रेस संयोजक मदन खनालले जानकारी दिनुभयो ।