काठमाडौं, माघ ५ । नेकपा एमालेले पाल्पा निर्वाचन क्षेत्र नम्बर २ बाट रामबहादुर राउतलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ। पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाटै उम्मेदवार बन्ने निर्णय भएपछि पाल्पा–२ मा राउतलाई उम्मेदवार बनाइएको हो।
यसअघि गत शनिबार साँझ पाल्पा–२ बाट पौडेललाई उम्मेदवार बनाउने निर्णय भएको थियो। तर आइतबार एकल सिफारिस भएको आफ्नै पुरानो निर्वाचन क्षेत्र रुपन्देही–२ बाटै पौडेललाई उम्मेदवार बनाउने अन्तिम निर्णय भएपछि उहाँ पाल्पाबाट पछि हट्नु भएको हो।
पौडेल आफ्नो पुरानै क्षेत्रमा फर्किएसँगै पाल्पा–२ मा रामबहादुर राउतले टिकट पाउनु भएको छ। पाल्पा–२ बाट राउतसँगै ठाकुर गैरे र नारायणी शर्माको नाम पनि पार्टीमा सिफारिस गरिएको थियो। पौडेल रुपन्देही फर्किएपछि राउत पाल्पा–२ बाट चुनावी प्रतिस्पर्धामा उत्रिनु हुने भएको छ।
एमालेको उम्मेदवार चयनसँगै पाल्पा–२ को निर्वाचन राजनीतिक रूपमा थप चासोको विषय बनेको छ। यस अघि सो क्षेत्रबाट एमालेकै ठाकुर गैरेले चुनाव जित्नु भएको थियो ।














प्रतिक्रिया दिनुहोस्