जनता टाइम्स

१७ मंसिर २०७६, मंगलवार १९:०८

घरेलु मैदानमा ऐतिहासिक अबसर चुक्यो : भलिबलको नेपाली महिला टोली रजतमा सिमित


काठमाडौं, मंसिर १७

१३ औं सागमा नेपाली महिला भलिबल टोली ऐतिहासिक स्वर्ण पदक जित्नबाट चुकेको छ । सागको पहिलो पटक फाइनलमा प्रवेश गरेको नेपालले भारतसँग ३–२ को हार ब्यहोरेको हो ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा महिला भलिबलको स्वर्ण भिडन्तमा नेपाली टोलीले पहिलो सेट गुमाएपनि दोस्रो र तेस्रो सेट जितेको थियो । निक्कै प्रतिस्पर्धात्क खेलको चौथो रपाँचौं सेटमा भने नेपाली चेली निरिह जस्तै बनेका थिए । पहिलो सेट भारत २५–१७ ले, दोस्रो सेट २५–२४ र तेस्रो सेट २५–२१ ले नेपालले जित निकाल्न सफल भयो ।

प्रतिस्पर्धात्मक चौथो सेट भने भारतको पक्षमा रहृयो । उसले २५–२०ले जित्यो र अन्तिम सेटबाट स्वर्णको छिनोफोनो हुने भएपछि दर्शक हौसिएका थिए । तर, अन्तिम सेट एक पक्षिय भएपनि रंगशालामा नैराश्यता छाएको थियो । नेपालले अपेक्षाकृत राम्रो प्रदर्शन गर्न सकेन र १५–६ को हार व्यहोर्‍यो ।