काठमाडौं, माघ ५। नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । उहाँ पोखराबाट पक्राउ पर्नुभएको हो ।
कास्की प्रहरीले जनाएअनुसार पोखरा लेकसाइडमा आयोजित नागरिक सभालाई सम्बोधन गरेर फर्किने क्रममा चाउथे क्षेत्रबाट उहाँलाई साेमबार नियन्त्रणमा लिइएको हो । हाल उहाँलाई काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । साइबर ब्युरोको पत्रका आधारमा प्रसाईंलाई पक्राउ गरी काठमाडौं पठाउन लागिएको कास्की प्रहरीले जानकारी दिएकाे छ ।
कांग्रेसको आधिकारिकता विवादमा निर्वाचन आयोगले पैसा खाएर निर्णय लिएको भन्ने आशयका सार्वजनिक अभिव्यक्ति दिएपछि आइतबार निर्वाचन आयोगले कारबाही प्रक्रिया अघि बढाउन अनुरोधसहित साइबर ब्युरोमा पत्राचार गरेको थियो ।













प्रतिक्रिया दिनुहोस्