जनता टाइम्स

५ माघ २०८२, सोमबार २२:२६

दोलखाबाट अजयबाबु सिवाकोटी कांग्रेसका उम्मेदवार, प्रदेश सभा सदस्यबाट राजीनामा  दिएका कुन्दनराज काफ्ले खाली हात 


काठमाडौं, माघ ५ । नेपाली कांग्रेसले दोलखाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अजयबाबु सिवाकोटीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेसले सोमबार सिवाकोटीलाई आधिकारिक रूपमा टिकट प्रदान गरेको हो ।

यसअघि कांग्रेसबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने भन्दै वाग्मती प्रदेशसभा सदस्य कुन्दनराज काफ्लेले आजै पदबाट राजीनामा दिनुभएको थियो । तर पार्टीबाट टिकट नपाएपछि उहाँ उम्मेदवार बन्नबाट वञ्चित हुनुभएको छ ।

एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा यसअघि नै नेकपा एमालेबाट पार्वत गुरुङ, नेकपाबाट विशाल खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीबाट जगदीश खरेलले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने निश्चित भइसकेको छ ।