पाल्पा, माघ ६। पाल्पा क्षेत्र नम्बर २ मा नेकपा एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ठाकुर गैरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
यस अघि रामबहादुर राउतलाई टिकट दिइएको भए पनि अन्तिम अन्तिम समयमा उम्मेदवार परिवर्तन गरिएको हो। गैरेले आफूले प्रतिनिधिसभा सदस्य निर्वाचनको टिकट पाएको बताउनुभयो ।
यसअघि गत शनिबार बेलुका पाल्पा क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल उम्मेदवार बन्ने निर्णय भएको थियो। तर आइतबार रुपन्देही क्षेत्र नम्बर २ बाट उहाँलाई एकल सिफारिससहित उम्मेदवार बनाउने निर्णय भएपछि पाल्पा–२ मा रामबहादुर राउतले टिकट पाउनु भएको थियो। अन्ततः अन्तिम समयमा उम्मेदवार परिवर्तन गर्दै ठाकुर गैरेलाई टिकट दिइएको छ । गैरेले यस अघि सोही निर्वाचन क्षेत्रबाट चुनाव जित्नु भएको थियो ।













प्रतिक्रिया दिनुहोस्