जनता टाइम्स

६ माघ २०८२, मंगलवार १०:१३

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनको पनि राजीनामा


काठमाडौं,  माघ ६ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पदबाट राजीनामा दिनु भएको छ। अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत मन्त्री पुनले राजीनामा दिनु भएको जानकारी दिनु भएको हो।

अर्थमन्त्री खनालले फेसबुकमा लेख्नु भएको छ, ‘महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनु भएको छ।’

यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल तथा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पनि राजीनामा दिनु भएको थियो। उहाँहरू तीनै जना फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्नु हुँदैछ।

तर मन्त्री पुनले भने राजीनामाको कारण र आगामी राजनीतिक योजनाबारे हालसम्म सार्वजनिक रूपमा केही बताउनु भएको छैन।