दाङ,माघ ६ । दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले औपचारिक रूपमा आफ्नो चुनावी यात्रा सुरु गर्नुभएको छ ।
मनोनयन दर्ताअघि र त्यस क्रममा प्राप्त सहयोग र शुभेच्छाप्रति आभार व्यक्त गर्दै उहाँले समृद्ध नेपाल र विकसित दाङ निर्माणको अभियानमा सबैको निरन्तर साथ, सहयोग र विश्वासको अपेक्षा गर्नुभएको छ ।
उहाँले दाङको समग्र विकास, रोजगारी सिर्जना र जनजीवन सुधारलाई आफ्नो प्रमुख एजेन्डा बनाउँदै चुनावी अभियानलाई जनताको घरदैलोबाट अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ‘समृद्ध नेपाल, विकसित दाङ’ को लक्ष्य हासिल गर्न जनताको साथ अनिवार्य रहेको उहाँको भनाइ छ ।
मनोनयनपछि चुनावी मैदानमा उत्रिनुभएका पोखरेलले दाङ–२ का नागरिकसँग प्रत्यक्ष संवाद गर्दै विकास र समृद्धिको साझा यात्रामा सहभागी हुन आग्रह गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्