प्युठान, माघ ७ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्युठानबाट उम्मेदवारी मनोनयन दर्ता गराएपछि नेकपा (एमाले) का नेता सूर्य थापाले जनताको भरोसाका साथ चुनावी प्रतिस्पर्धामा उत्रिएको प्रतिक्रिया दिनुभएको छ ।
मनोनयनपछि प्रतिक्रिया दिँदै थापाले नेकपा (एमाले) को चुनाव चिन्ह ‘सूर्य’ लिएर प्युठानका करिब १ लाख ६५ हजार न्यायप्रेमी मतदाताको ‘इजलास’मा उपस्थित भएको उल्लेख गर्नुभयो । उहाँले मतदाताहरूको साथ, सहयोग र भरोसा अटुट रूपमा प्राप्त हुनेमा आफू पूर्ण विश्वस्त रहेको बताउनुभयो ।
थापाले निर्वाचनलाई जनताको पक्षमा न्याय, सुशासन र विकासको पक्षमा निर्णय गर्ने अवसरका रूपमा व्याख्या गर्दै प्युठानको समग्र विकास र नागरिकको हक–अधिकारका लागि प्रतिबद्ध भएर काम गर्ने सङ्केत गर्नुभयो ।
प्युठानमा मनोनयनसँगै एमालेका नेता थापाले घरदैलो अभियान र प्रत्यक्ष संवादलाई तीव्र बनाउँदै चुनावी यात्रालाई जनतासँग जोडेर अघि बढाउने तयारी थाल्नु भएको छ । यस अघि पनि थापाले सोही निर्वाचन क्षेत्रबाट चुनाव जित्नु भएको थियो ।













प्रतिक्रिया दिनुहोस्