जनता टाइम्स

७ माघ २०८२, बुधबार १२:२६

इलाम–२ मा मनोनयन दर्ता पछि सुहाङ नेम्वाङ : ‘सुशासन, विकास र समृद्धिको साझा यात्रामा साथ दिनुहोस्’


इलाम, माघ ७ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि इलाम निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङ उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।

मनोनयन दर्तापछि नेम्वाङले इलामेली आमाबुवा, दिदीबहिनी, दाजुभाइ, अग्रज तथा युवालाई सम्बोधन गर्दै आगामी निर्वाचनलाई सभ्य र भव्य रूपमा सफल बनाउन सबैको साझा प्रयास आवश्यक रहेको बताउनुभयो ।

उहाँले सुशासन, विकास र समृद्धिलाई आफ्नो प्रमुख एजेन्डा रहेको उल्लेख गर्दै इलामको समग्र रूपान्तरणका लागि सामूहिक यात्रामा जनताको साथ अपरिहार्य रहेको धारणा राख्नुभयो । ‘सुशासन, विकास र समृद्धिको हाम्रो साझा यात्राले रूपान्तरणको गन्तव्यमा अवश्य पुर्‍याउनेछ,’ उहाँले भन्नुभयो ।

एमाले उम्मेदवार नेम्वाङले आगामी निर्वाचनमा अत्यधिक बहुमतका साथ विजयी गराउने अपेक्षा व्यक्त गर्दै जनताको विश्वास र समर्थनप्रति आभार व्यक्त गर्नुभयो । उहाँले चुनावी अभियानलाई घरदैलो र प्रत्यक्ष संवादमार्फत अघि बढाउने प्रतिबद्धतासमेत जनाउनुभएको छ ।