काठमाडौं, माघ ७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनको नाममा घर लगाउनेहरूलाई वर्तमान सरकारले कारबाही नगरेको भन्दै आक्रोश पोख्नुभएको छ ।
गृहजिल्ला झापामा जेनजी आन्दोलनको क्रममा क्षति पुगेका संरचनाहरूको अवलोकन गर्दै तत्कालीन समयका प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अहिलेको सरकार सायद उनीहरूकै सरकार हो, त्यसैले उनीहरूलाई जोगाउने काम गरेको छ ।’
आन्दोलनको नाममा अरुको घर जलाउन नपाइने भन्दै ओलीले त्यस्ता व्यक्तिलाई सरकारले कारबाही नगरेको बताउनुभयो। उहाँले देशलाई शान्तिपूर्ण बस्नलायक देश बनाउनुपर्ने धारणा पनि राख्नुभयो ।‘अपराधलाई प्रोत्साहित गर्न सकिँदैन, आन्दोलनको नाममा कसैको घर जगाउन पाइँदैन, त्यस्ता व्यक्तिलाई सरकारले कारबाही गर्नुपर्ने हो तर, सरकार उनीहरूकै हो सायद, कारबाही भएको छैन,’ उहाँले भन्नुभयो, ‘समय आउँछ, कारबाही गर्ने समय आउँछ, देशलाई शान्तिपूर्ण र बस्न लायक बनाउनुपर्नेछ ।’













प्रतिक्रिया दिनुहोस्