जनता टाइम्स

८ माघ २०८२, बिहीबार १६:५१

दोस्रो पटक थपियो जाँचबुझ आयोगको म्याद


काठमाडौं, माघ ८ । सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटना छानबिनका लागि गठन गरेको जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको म्याद २० दिन थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तोकिनु भएका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।

सरकारले आयोगको म्याद दोस्रो पटक थप गरेको हो । यसअघि गत पुस ३ गते बसेको मन्त्रिपरिषद् बैठकले एक महिना थप गरेको थियो ।