जनता टाइम्स

१८ मंसिर २०७६, बुधबार ०९:४५

गढीमाई मेलाबाट फर्किंदै गरेको पिकअप भ्यान बर्दिबासमा दुर्घटनाग्रस्त, दुई जनाको मृत्यु, १४ घाइते


महोत्तरी, मंसिर १८ । बाराको गढीमाई मेलामा सहभागी भएर फर्कंदै गरेको पिकअप भ्यान आज विहान महोत्तरीको बर्दिबास नगरपालिकामा दुर्घटना भएको छ ।

गढीमाई मेलाबाट फर्कंदै गरेको सो भ्यान बर्दिवास नगरपालिकाको लक्ष्मिनिया भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । जिप आज विहान दुर्घटना भएको हो । प्रहरीका अनुसार उक्त दुर्घटनामा परी २ जनको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन् । मृत्यु हुनेमा धनुषधामकी सकुन्तलादेवी महतो र भारत जयनगरकी तनियादेवी महतो छन् । घाइतेमध्ये पनि ४ जनाको स्थिति गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते ४ जनालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ भने अन्य १० जनाको बर्दिवासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको छ ।