जनता टाइम्स

१८ मंसिर २०७६, बुधबार १०:२०

एथलेटिक्समा दीपकलाई कास्य


काठमाडौँ, मंसिर १८

१३ औं साग अन्तर्गत एथलेटिक्सको पुरुष १० हजार मिटर दौडमा नेपालले कास्य पदक जितेको छ । बुधबार बिहान दशरथ र‌ंगशालामा भएको दौडमा नेपालका दीपक अधिकारीले कास्य पदक हात पारेका हुन् ।

यस विधाको स्वर्ण पदक भने भारतका सुरेश कुमारले हात पारे भने रजत श्रीलंकाका सानमुगेश्वरनको पोल्टोमा पर्‍यो । भारतीय खेलाडी सुरेशले निर्धारित दुरी २९ मिनेट ३३.६१ सेकेण्डमा पुरा गरेका थिए । यस्तै रजत पदक विजेता श्रीलंकाका खेलाडीले सो दुरी पार गर्न ३० मिनेट ४९.२० सेकेण्ड लगाएका थिए । यस्तै नेपालका धावक अधिकारीले निर्धारित दुरी पार गर्न ३० मिनेट ५०.०६ सेकेण्ड समय लगाएका थिए ।