जनता टाइम्स

१८ मंसिर २०७६, बुधबार ११:११

उसुको नतिजामा विवादपछि खेलाडी र अफिसियलको धर्ना


काठमाडौं, मंसिर १८

१३ औं सागको उसुतर्फको थाइचीमा रेफ्रीमाथि धाँधलीको आरोप लगाउदै खेलाडी र अफिसियल धर्ना बसेका छन् । नतिजा धाधलीपूर्ण भएको भन्दै नेपाल र भारतीय उसु टोलीका खेलाडी, अफिसियलले विरोध जनाएका हुन् ।

विरोध भएपछि खेल झन्डै आधा घन्टा अबरद्ध हुन पुगेको थियो । पुरुष थाउलो थाइचिचेनमा श्रीलंकाका थारिन्तु नामाल अनुरथाले स्वर्ण जितेपछि नेपाल र भारतका खेलाडीले म्याटमै बसेर त्यसको विरोध गरेका थिए ।

नेपाली सेनाको लगनखेलस्थित शारिरक तथा खेलकुद तालिम केन्द्रमा भएको थाइचीमा भारतीय टोलीका सदस्यहरु रेफ्रीहरुले दिएको अंकमा चित्त नबुझेकोभन्दै त्यसको विरोधमा म्याटमा नै बसिदिएका छन् । भारतीय र नेपाली पक्षले विरोध जनाएसँगै उसुका खेलहरु केहीबेर देखि रोकिएका छन् ।

१८.९० अंकका साथ अनुरथाले स्वर्ण पदक जितेका छन् । भारतका ज्ञानदास सिंहले रजत र नेपालका हरि प्रसाद गोलले कास्य पदक जितेका छन् । ज्ञानदासले १८.७४ र हरिले १८.४९ अंक जोडेका थिए । उसुको पहिलो दिन नेपाली खेलाडी विजय सिन्जाली र सुस्मिता तामाङले स्वर्ण पदक जितेका थिए । अहिले नेपाल र भारतका बीच पुन खेल खेलाएको छ ।