काठमाडौं, माघ १० । शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल नेकपा (एमाले) मा प्रवेश गर्नुहुने भएको छ। उहाँको पार्टी प्रवेश कार्यक्रम आज च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजना गरिएको छ।
कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा उपस्थित रहनुहुने आयोजकले जनाएको छ। बिहान १०ः३० बजे सुरु हुने कार्यक्रममा अग्रवाललाई औपचारिक रूपमा पार्टीमा स्वागत गरिने छ।
आयोजकका अनुसार निजी क्षेत्र, विशेषगरी शेयर बजारसँग सम्बन्धित व्यक्तित्वहरूको पार्टी प्रवेशलाई पार्टीको सांगठनिक र नीतिगत आधार विस्तारसँग जोडेर हेरिएको छ । चुनावि गतिविधि तीव्र बन्दै गएको सन्दर्भमा अग्रवालको एमाले प्रवेशलाई पार्टीभित्र र बाहिर अर्थपूर्ण रूपमा लिइएको छ।













प्रतिक्रिया दिनुहोस्