जनता टाइम्स

१८ मंसिर २०७६, बुधबार ११:२०

करातेमा अनुपमाले जितिन् स्वर्ण पदक


काठमाडौं, मंसिर १८

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेको फाइटमा अनुपमा मगरले स्वर्ण जितेकी छिन् । बुधबार भएको प्रतिस्पर्धामा उनले ६८ केजी माथिको तौल समूहमा एसियाली खेदकुदको कास्य विजेत समेत रहेकी पाकिस्तानका नार्गिसलाई ६–३ अंकले पराजित गर्दै स्वर्ण जितेकी हुन् ।

नार्गिसले २०१८ मा इन्डोनेसियामा भएको एसियाली खेलकुदमा नेपालकी रिता कार्कीलाई पराजित गर्दै कास्य जितेकी थिइन् ।

अनुपमाले समूह चरणमा श्रीलंकाकी विजेकुनमाथिमोहमदमाथि ७–४ अंकको जित निकाल्दै फाइनलको यात्रा पक्का गरेका हुन् । योसँगै नेपालले करातेमा स्वर्ण संख्या १० पुर्याएको छ। सागमा नेपालको स्वर्ण संख्या २४ पुगेको छ।