काठमाडौं, माघ १० । जसपा नेपालका पूर्व केन्द्रीय सदस्य शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ।
काठमाडौँको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अग्रवाललाई पार्टीमा स्वागत गर्नुभएको हो। उक्त कार्यक्रममा अग्रवालसँगै ठूलो संख्यामा शेयर लगानीकर्ता तथा युवाहरू पनि नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ।
आयोजकका अनुसार निजी क्षेत्र, विशेषगरी शेयर बजारसँग सम्बन्धित व्यक्तित्वहरूको पार्टी प्रवेशले पार्टीको सांगठनिक र नीतिगत आधार विस्तारमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

चुनावी गतिविधि तीव्र बन्दै गएको सन्दर्भमा अग्रवालको एमाले प्रवेशलाई पार्टीभित्र र बाहिर अर्थपूर्ण घटनाक्रमका रूपमा हेरिएको छ। एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई पार्टीमा जोड्ने अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।













प्रतिक्रिया दिनुहोस्