रुकुम, बैशाख २७
जिल्ला प्रहरी कार्यालय रुकुमको टोलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेतालाई पक्राउ गर्न जिल्लाको चौरजहारी नगरपालिका-५ सल्लाबोटमा ‘हवाई फायर’ गरेको छ । प्रहरीले हवाई फायर गरेर विप्लव समूहको युवा संगठनका जिल्ला अध्यक्ष डिल्लीराज शर्मालाई पक्राउ गरेको छ ।
पक्राउ गर्ने क्रममा शर्माको टाउकोमा सामान्य चोटपटक लागेको र प्रहरीलाई पनि चोट लागेको जिल्लाका प्रहरी कार्यालय रुकुमका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुमित खड्काले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्