काठमाडौं, माघ १२। वर्तमान सरकारका सुत्राधार सुधन गुरुङका कस्ता मान्छेहरुसँग सम्बन्ध छ भन्ने तथ्य सार्वजनिक भएकाे छ ।
‘फेक रेस्क्यू’ मार्फत नक्कली उद्धार कारोबार गरी ठगी गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सुदन गुरुङका प्रचार संयोजकसमेत रहेका रास्वपा नेता मुक्ति पाण्डेसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले विभिन्न ट्राभल तथा उद्धार सेवा कम्पनीमार्फत नक्कली उद्धार देखाएर बिमा दाबी र आर्थिक लाभ लिने कार्यमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा रास्वपा नेता तथा पर्यटन व्यवसायी गोरखाको भीमसेन थापा गाउँपालिका–६, अश्राङ घर भएका मुक्ति पाण्डेसहित जयराम रिमाल, विवेक पाण्डे, रवीन्द्र अधिकारी, विवेकराज थपलिया र सुभाष केसी रहेका छन् ।
प्रहरीका अनुसार पक्राउ परेका जयराम रिमाल र विवेक पाण्डे ‘माउन्टेन रेस्क्यू सर्भिस’, रवीन्द्र अधिकारी र विवेकराज थपलिया ‘नेपाल चार्टर सर्भिस प्रालि’ तथा विवेक पाण्डे र सुभाष केसी ‘एभरेष्ट एक्सपिरियन्स एन्ड एसिस्टेन्स प्रालि’ मा आबद्ध रहेका थिए ।
सिआइबीका अनुसार उनीहरूले विदेशी पर्यटकको नाममा नक्कली उद्धार देखाएर बिमा रकम दाबी गर्ने, झुट्टा कागजात तयार गर्ने र संगठित रूपमा आर्थिक ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्