सुर्खेत, माघ १२ । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले पार्टीका केन्द्रीय सचिव यामलाल कँडेलको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ ।
सोमबार बसेको नेकपा एमाले कर्णाली प्रदेश कमिटीको नवौँ सचिवालय बैठकले कँडेलको संयोजकत्वमा चार सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो । समितिका सदस्यहरूमा कालीकोटका मावन वम, दैलेखका वीरबहादुर रावत र सुर्खेतका हरिहरनाथ योगी रहनुभएको छ ।
प्रदेश कमिटी सचिवालय सदस्य तथा संगठन विभाग उपप्रमुख इन्द्रबहादुर केसीका अनुसार उक्त निर्वाचन परिचालन समितिले कर्णाली प्रदेशका १० जिल्लाका १२ वटै निर्वाचन क्षेत्रमा एमालेको चुनावी प्रचार–प्रसार व्यवस्थापन, निर्वाचनसम्बन्धी देखिएका समस्या समाधान तथा निर्वाचन आयोग, प्रशासन र सुरक्षा निकायसँग आवश्यक समन्वय गर्ने भूमिका निर्वाह गर्नेछ ।
यसैगरी बैठकले विभिन्न जिल्लाबाट ६ जना नेतालाई प्रदेश कमिटी सदस्यमा मनोनित गर्ने निर्णयसमेत गरेको छ । मनोनित हुनेहरूमा सुर्खेतबाट कोकिला सिंह र धीरबहादुर शाही, सल्यानबाट कुलबहादुर गिरी र दानबहादुर शाही, जाजरकोटबाट बेदबहादुर शाही तथा दैलेखबाट वीरबहादुर रावत रहनुभएको केसीले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्