काठमाडौं, माघ १३। निर्वाचन आयोगले झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उमेदवार बालेन शाहलाई स्पष्टीकरण सोधेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको फेसबुकमा गरेको कमेन्टबारे उजुरी परेपछि स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली र बालेन झापा–५ बाट प्रतिनिधिसभा सदस्य उमेदवार हुनुहुन्छ । बालेनले ओलीकै बिषयमा आपत्तिजनक कमेन्ट गरेको भन्दै उजुरी परेपछि आयोगले स्पष्टिकरण सोधेको हो ।













प्रतिक्रिया दिनुहोस्