जनता टाइम्स

१३ माघ २०८२, मंगलवार १७:५५

नारायणमान बिजुक्छे र महेश बस्नेतको जिल्ला भनेर चिचिने भक्तपुरमा कति तोकिए मतदान केन्द्र ?


भक्तपुर, माघ १३ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुरका दुई वटा निर्वाचन क्षेत्रमा ७६ मतदानस्थल र दुई सय ३३ मतदान केन्द्र निर्धारण गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रकाश मगरका अनुसार मतदानका लागि उपकेन्द्र थप गरिएको छ । मगरले यसअघि दुई सय २२ वटा मतदान उपकेन्द्र रहेकामा यस वर्ष १३ वटा थप गरी दुई सय ३५ पुर्याइएको जानकारी दिनुभयो । उहाँका अनुसार क्षेत्र नं १ र २ मा गरी दुई लाख पाँच हजार ४१० जना मतदाता रहेका छन् ।

भक्तपुर निर्वाचन क्षेत्र नं १ मा ३७ वटा मतदानस्थल र एक सय १९ मतदान केन्द्र निर्धारण गरिएको छ भने निर्वाचन क्षेत्र नं २ का लागि ३९ मतदानस्थलमा एक सय १४ मतदान केन्द्र निर्धारण गरेको छ । दुई निर्वाचन क्षेत्र रहेको भक्तपुरमा क्षेत्र नम्बर–१ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले लगातार जित हासिल गर्दै आएको छ ।

सोही कारण नारायणमान बिजुक्छे र महेश बस्नेतको जिल्लाका रुपमा परिचित छ भक्तपुर । यस्तै भक्तपुर–२ एमाले सचिव महेश बस्नेतको निर्वाचन क्षेत्रका रुपमा परिचित छ । पछिल्लो समय निकै चर्चामा रहेको गुण्डू भक्तपुर २ मै रहेको र सो क्षेत्र महेशको गृहनगर हो ।