जनकपुरधाम, माघ १४ । नेकपा एमालेले धनुषा क्षेत्र नम्बर–४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रघुवीर महासेठलाई मधेसको स्थापित र प्रभावशाली नेताका रूपमा चित्रण गर्दै उहाँको विजय मधेसका लागि आवश्यक रहेको बताएको छ ।
महासेठ मधेसका ‘धर्ती पुत्र’ मात्र नभई देशकै स्थापित नेताका रूपमा परिचित नेता भएको एमालेको दाबी छ । तराई–मधेसको राजनीतिक आन्दोलन र विकासको बहसमा उहाँको योगदान महत्त्वपूर्ण रहेको एमालेको भनाइ छ ।
नेकपा एमालेभित्र मधेस इन्चार्जको जिम्मेवारी सम्हाल्दा महासेठको नेतृत्वमा पार्टी मधेसमा अझ प्रभावशाली बनेको र पहिलो राजनीतिक शक्तिका रूपमा स्थापित भएको कार्यकर्ताहरूले स्मरण गरेका छन् । धनुषा–४ मा महासेठ लोकप्रिय उम्मेदवारका रूपमा रहेको उल्लेख गर्दै उहाँलाई ‘धनुषाको शेर’ र एमालेको शानका रूपमा प्रस्तुत गरिएको छ ।
मधेसको समग्र विकास, प्रतिनिधित्व र राजनीतिक स्थायित्वका लागि महासेठको विजय आवश्यक रहेको बताउँदै आगामी निर्वाचनमा उहाँलाई जिताउन सबै मतदातासँग अपिल गरिएको छ । मधेसको आवाज संसदमा मजबुत रूपमा उठाउन उहाँको भूमिका निर्णायक हुने विश्वाससमेत व्यक्त गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्