जनकपुर, माघ २२ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी सामाजिक सञ्जाल चलाएर स्थापित भएको रास्वपा जस्तो नभई भन्दै देश बनाउन आएको दावी गर्नुभएको छ । जनकपुरमा सञ्चालन गरेको जनताको घरैदैलो कार्यक्रम सहभागी हुने क्रममा घिसिङले यस्तो आग्रह गर्नुभएको हो ।
उहाँले आफ्नो पार्टी डेलिभरीका आधारमा अर्ग्यानिक रूपमा स्थापित भएको जिकिर गर्नुभयो । देशमा सामाजिक र आर्थिक रूपान्तरण अपरिहार्य रहेको उल्लेख गर्दै घिसिङले उज्यालो नेपाल पार्टी नै देश परिवर्तन गर्ने नेतृत्वका रूपमा अघि आउने दाबी गर्नुभयो ।
निर्वाचनपछि देशको प्रधानमन्त्री बनेर देश परिवर्तन गर्ने घिसिङको भनाई छ । उहाँले बालेनप्रति लक्षित गर्दै प्रधानमन्त्रीको छनोट भाषणले नभइ काम गरेको आधारमा जनताले छनोट गर्ने बताउनु भयो । उज्यालो नेपाल पार्टी जेनजी आन्दोलनपछि स्थापना भएको सबैभन्दा नयाँ राजनीतिक शक्ति भएको तर्क पनि घिसिङले गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामी छोटो समयमा आएका छौँ । तर यो पार्टीले नै यो देशको नेतृत्व गर्नेछ । प्रधानमन्त्री हामी नै हुन्छौँ । हामी यो देशको नेतृत्व गर्न आएको हो । हामी कसैलाई प्रधानमन्त्री बनाउन आएको होइन । हामी आफैँ प्रधानमन्त्री बनेर यो देशको परिवर्तन गर्न आएका हौँ । भाषण गरेर मात्रै प्रधानमन्त्री बनिँदैन, कामले प्रधानमन्त्री बनिन्छ, जनताले छानेपछि प्रधानमन्त्री हुने हो ।’
अध्यक्ष घिसिङले नयाँ ऊर्जा र जोशसहित अघि बढेको पार्टीले राष्ट्रिय परिवर्तन पार्टीसँग एकता गरेर थप सशक्त भएको दावी पनि गर्नुभएको छ । उहाँले अबको निर्वाचनमा भाषण गर्नेलाई नभई काम गरेर डेलिभरी दिने व्यक्ति र पार्टीलाई मत दिनुपर्ने आग्रह गर्नुभयो । ‘भाषण गरेर देशमा रुपान्तरण हुँदैन, हामीले जस्तो विगतमा पनि काम गरेको र आगमी दिनमा पनि गर्ने पार्टी हुनुपर्छ,’ घिसिङले भन्नुभयो ।
उहाँले अगाडि थप्नुभयो, ‘अबको भोट भनेको डेलिभरी दिनेलाई, काम गर्नेलाई हो, भाषण गर्नेलाई होइन । काम गरेर देखाउने पार्टीलाई, व्यक्तिलाई भोट दिनुपर्छ । यो समाज परिवर्तन गर्नुपर्छ, देशको आर्थिक रुपान्तरण गर्नुपर्छ ।














प्रतिक्रिया दिनुहोस्