काठमाडौं, मंसिर १९ । सरकारले छ वटा जिल्लामा महिलालाई प्रमुख जिल्ला अधिकारी (सिडिओ) खटाएको छ। गृह मन्त्री रामबहादुर थापाको मन्त्रीस्तरीय निर्णयअनुसार ६ पजल्लामा महिला सिडिओ खटाइएको हो ।
गृह मन्त्रालयका अनुसार भक्तपुरमा हुमकला अधिकारी, रामेछापमा लिलाकुमारी केसी पाण्डे, पर्वतमा कल्पना घिमिरे नेपाल, सिन्धुपाल्चोकमा गोमादेवी चेम्जोङ, जुम्लामा दुर्गा बन्जाडे र हुम्लामा विनिता भट्टराइलाई सिडिओ खटाइएको छ ।
सरकारले यसै मंसिर १४ गते भएको उपनिर्वाचनपछि भक्तपुरमा सहसचिव हुमकलालाई सिडिओ नियुक्त गरेको थियो। यससँगै महिला सिडिओको सङ्ख्या छ पुगेको छ। यस्तै, सहायक महिला सिडिओहरूमा काभ्रेमा लक्ष्मीदेवी खतिवडा हुमागाईं, सिन्धुलीमा विजयाकुमारी प्रसाईं, रसुवामा सपनाकुमारी भट्टराई र डोल्पामा लक्ष्मीदेवी शर्मा कार्यरत छन्।
प्रतिक्रिया दिनुहोस्