उम्मेद्वार धेरै भएपनि एमालेका पार्वत, कांग्रेसका अजयबाबु, नेकपाका बिशाल र रास्वपाका जगदीश प्रतिस्धर्पी रहेको मतदाताको बुझाइ छ । चुनावी प्रचारमा जुटेका राजनीतिक दलहरू पनि मुख्यरुपमा यही आँकलनका साथ रणनीति बनाइरहेका छन
सविना तामाङ/दोलखा
सुन्दर हिमाली जिल्ला दोलखा प्राकृतिक रुपमा जति मनमोहक र आकर्षक त, यतिबेला राजनीतिम आकर्षण पनि एकाएक बढेको छ । पुस माधको चिसोले जमिन तात्न नसकिरहेको बेला फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनको रौनकले राजनीतिक सरगर्मी भने निकै तातेको छ ।
सदरमुकाम चरिकोटदेखि ९ वटै पालिका र ७४ वटै वडामा यतिबेला चुनावी सरगर्मी बढेको छ । निर्वाचन घोषणापछि नेकपा एमालेका बागमती प्रदेश कमिटी सदस्य रहनुभएका एनजीओकर्मी होम पाठक र एमाले दोलखाका पूर्वसचिव भरत दुलाल नेकपातिर प्रवेश गर्नुभएको छ ।
जिल्ला अधिवेशनमा अध्यक्ष नरबहादुर श्रेष्ठको बिरुद्धमा अध्यक्षमा प्रतिस्पर्धा गरी भारी मतान्तरले पराजीत दुताल र सचिवमा जमानत जोगाउन नसक्नुभएका पाठक नेकपातिर लागेपछि शैलुङ र कालिञ्चोक गाउँपालिकामा उहाँहरूकै कारण बनवास जान बाध्य नयाँ र पुराना सवैजसो नेताहरू नेकपाबाट एमालेतिर समाहित भएका छन । यो क्रम अहिले पनि जारी छ ।
नेकपाका धेरै नेताहरू दोलखा एमालेले बोलाउन साथ प्रवेश गर्ने मानसिकतामा बसेका छन । एमाले नेता तथा दोलखाका इञ्चार्जसमेत रहनुभएका उम्मेदवार पार्वत गुरुङको गृहपालिका गौरीशंकर गाउँपालिकादेखि बिगू, कालिञ्चोक, शैलुङ, मेलुङ, तामाकोशी, बैतेश्वर गाउँपालिका र भीमेश्वर र जिरी नगरपालिकामासम्म अहिले नेकपाका नेताहरू न दुविधामा रहेका छन ।
केन्द्रमा प्रचण्ड र माधव नेपाल मिले पनि दोलखामा यसअघिको निर्वाचनमा घात गर्नेहरू बाहेक नेकपा एसतिर रहेका नेता–कार्यकर्ताहरू खासै उम्मेद्वार जिताउन लाग्ने अवस्थामा नरहेको देखिएको छ । माओवादीका नेता बिशाल खडकालाई नेकपाले उम्मेद्वार बनाएको छ । खडका पनि गौरीशंकर गाउँपालिकाकै मतदाता हुनुहुन्छ ।
गौरीशंकर गाउँपालिकामा खडकाका भाञ्जा अध्यक्ष रहेर काम गर्दै नगरेपछि नेकपा निकै अलोकप्रिय बनिसकेको छ भने अन्य पालिकामा पनि खासै उत्साह नदेखिएको बेला गत निर्वाचनमा बालकृष्ण शिवाकोटी हराउन माओवादी–कांग्रेस गठबन्धनलाई सघाएको आरोप लागेका नेताहरू नै एमालेबाट तानेपछि राजनीतिलाई अपराधिकरणबाट जोगाउनु पर्छ भन्ने नेता–कार्यकर्ताहरू धमाधम एमाले रोज्न थालेका हुन । यही क्रममा नेकपाका शैलुङका चर्चित नेता एमालेमा समाहित भएका छन ।
यस्तै नेपाली कांग्रेसका युवा नेताहरू पनि धमाधम पार्वत गुरुङ जिताउने भन्दै भातृसंगठन तरुण दल दोलखाको क्षेत्रीय सभापति नै एमाले प्रवेश गरेका छन । केही दिनअघि मात्रै काम सार्की शेर्पा, निर्वाचित जनप्रतिनिधि वडा सदस्य तथा नेपाली कांग्रेस मार्बु ७ का वडा सभापति राजेश श्रेष्ठ गैरीशंकर–काठमाडौं सम्पर्क समितिका उपसभापति बिक्रम श्रेष्ठसहितका प्रभावशाली युवा नेताहरू नेकपा एमालेमा प्रवेश गर्नुभएको हो ।
उहाँहरूले समृद्द दोलखा निर्माणका अभियन्ता एमाले नेता पार्वत गुरुङलाई जिताउनै पर्ने ठहरसहित कांग्रेस छाडेर एमाले प्रवेश गरेको बताउनुभएकोछ । दोलखामा एमालेका पार्वत गुरुङसहित नेपाली कांग्रेसबाट पत्रकार तथा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट विशाल खड्का र रास्वपाबाट यसअघिकै उम्मेद्वार जगदीश खरेल उम्मेदवार हुनुहुन्छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रविनकुमार थोकर र उज्यालो नेपालबाट निमादोर्जी लामाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
दोलखामा २०७० र २०७४ सालको निर्वाचनमा बिजयी एमाले नेता पार्वतले अहिलेसम्म पराजयको स्वाद चाख्नुभएको छैन । उहाँ यसपटक पनि बिजयी बन्ने दौडमा सवैभन्दा अगाडि रहेको ठहरसहित कांग्रेस, नेकपा र रास्वपाका नेताहरूले नै स्वीकार गरेका छन । आर्थिक रुपमा निर्विवाद र स्वच्छ छवि भएकै कारण पार्वतलाई दोलखाका मतदाताले मन पराउने गरेका छन । अन्य उम्मेद्वारमध्ये नेकपाका बिशाल र रास्वपाका जगदीश पनि यसअघि चुनाव लडिसक्नुभएको उम्मेद्वा हुनुहुन्छ भने कांग्रेसका शिवाकोटी पहिलो पटक उम्मेदवार बन्नुभएको हो ।

त्यसैगरी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट कमल खत्री, मंगोल नेसनल अर्गनाइजेसन पार्टीबाट कुमार तामाङ, जनता समाज पार्टीबाट गोपाल नेपाली, नेपाल कम्युनिस्ट पार्टी माओवादीबाट कुमार लामिछाने, आमजनता पार्टीबाट शुक्र तामाङ, श्रम संस्कृति पार्टीबाट हेपबहादुर थामी, नेपाल मजदुर किसान पार्टीबाट विमला श्रेष्ठ र राष्ट्रिय परिवर्तन पार्टीबाट सुदर्शन कार्कीले उम्मेदवारी दर्ता गराएसँगै दोलखामा १४ वटा राजनीतिक दल र स्वतन्त्र गरी ३३ जनाले उम्मेदवारी दिनुभएको छ ।
उम्मेद्वार धेरै भएपनि एमालेका पार्वत, कांग्रेसका अजयबाबु, नेकपाका बिशाल र रास्वपाका जगदीश प्रतिस्धर्पी रहेको मतदाताको बुझाइ छ । चुनावी प्रचारमा जुटेका राजनीतिक दलहरू पनि मुख्यरुपमा यही आँकलनका साथ रणनीति बनाइरहेका छन ।
दोलखामा २०७० र २०७४ सालको निर्वाचनमा बिजयी एमाले नेता पार्वतले अहिलेसम्म पराजयको स्वाद चाख्नुभएको छैन । उहाँ यसपटक पनि बिजयी बन्ने दौडमा सवैभन्दा अगाडि रहेको ठहरसहित कांग्रेस, नेकपा र रास्वपाका नेताहरूले नै स्वीकार गरेका छन । आर्थिक रुपमा निर्विवाद र स्वच्छ छवि भएकै कारण पार्वतलाई दोलखाका मतदाताले मन पराउने गरेका छन । अन्य उम्मेद्वारमध्ये नेकपाका बिशाल र रास्वपाका जगदीश पनि यसअघि चुनाव लडिसक्नुभएको उम्मेद्वा हुनुहुन्छ भने कांग्रेसका शिवाकोटी पहिलो पटक उम्मेदवार बन्नुभएको हो ।
दोलखा कांग्रेसले सर्वसम्मत रुपमा पूर्वसभापति ताराबहादुर कोइरालालाई एकल उम्मेदवार सिफारिश गरेको भएपनि कांग्रेसको केन्द्रमा भएको नेतृत्व अदलत बदलले सभापति गगन थापाको बिशेष आशिर्वादले शिवाकोटीले टिकट पाउनु भएको हो । जस्को कारण कांग्रेस नेताहरू यसो मञ्चमा देखिने र हिडने गरेका छन । दोलखामा शिवाकोटी बिल्कुलै नयाँ मानिनुहुन्छ ।
एसएलसी उतिर्ण गरेर काठमाडौं आएपछि उहाँ एकैपटक टिकट लिएर दोलखाका गाउँतिर जानुभएको छ । यसअघि सुन्द्रावतीभन्दा पर सिंगटी बजारसम्म पनि नपुगेको ब्यक्तिलाई उम्मेदवार बनाइयो भन्दै कांग्रेसभित्रै आलोचना भएको छ ।













प्रतिक्रिया दिनुहोस्