झापा, माघ २९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापाको भद्रपुर-१ स्थित बुबाको जलेको घर पुगेपछि निकै भावुक बन्नुभएको छ । आफ्नो निर्वाचन क्षेत्र झापा-५ का मतदातासँग एकसाता भेटघाट गरी काठमाडौं फर्किने क्रममा अध्यक्ष ओली बिहीबार आज बुवाको घर निरीक्षण गर्न जानुभएको हो ।
सो क्रममा उहाँले गत भदौ २४ गरेको जेनजी आन्दोलनमा जलाइएको बुबाको घर अवलोकन गर्नुभएको छ । भद्रपुर-१ स्थित हिमालीमा रहेको बुबाको घर गत भदौं २३ र २४ गतेको जेनजी आन्दोलनमा जलाइएको थियो ।
काठमाडौं फर्किने क्रममा अध्यक्ष ओली जलेको घर हेर्न श्रीमति राधिका शाक्यसहित हिमाली पुग्नु भएको थियो । घर जलेपछि पहिलो पटक उहाँ हिमाली पुग्नुभएको हो ।
अध्यक्ष ओलीलाई छिमेकीहरुले बुबाको हालखवर सोधेको थिए ।
बुबालाई हेर्न पाउदैनौं भन्ने छिमेकीको जिज्ञासामा जवाफ दिदैं उहाँले भन्नुभयो, ‘यो जलेको घर हेर्न कसरी पठाउनु, यो घटनाबारे बुबालाई थाहा पनि दिएका छैनौं ।’
झापा ५ मा चुनावी भेटघाटमा आउनु भएको उहाँ एक साता मतदातासँग बिताएर आज काठमाडौं फर्किनु भएको छ ।




















प्रतिक्रिया दिनुहोस्