जनता टाइम्स

२० मंसिर २०७६, शुक्रबार १५:५६

नियमित यौनसम्पर्क गर्ने महिलालाई धेरै फाईदा


यौनसम्पर्क गर्नुका खाली बेफाइदा मात्रैं हुन्छन भन्ने यदी बुझाई छ भने आजैं यसलाई हटाउनुहोस् । यौनसम्पर्क गर्नुका धेरैं फाइदाहरु पनि रहेका छन् । तर एउटा के कुरा सत्य हो भने आवश्यक्ता भन्दा धेरैं गर्नु भने स्वास्थ्यका लागी लाभदायक भने हुँदैन । आज हामी नियमति यौनसम्पर्कको फाइदाबारे कुरा गर्न गइरहेका छौं ।

लगातार यौनसम्पर्क गर्ने गर्नाले महिलाहरुको स्मरणशक्तिमा वृद्धि हुने बताइएको छ । कनाडाको मन्ट्रियल स्थित मैकगिल विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले यस्तो तथ्य फेला पारेका हुन् ।

अध्यनमा भनिएको छ कि हप्तामा एकपटक यौनसम्पर्क राख्ने महिलाहरु सामान्य महिलाको तुलनमा धेरैं स्मरण शक्तिका हुन्छन् । यस अध्यनमा १८ देखि २९ वर्ष बिचमा झण्डैं ७८ जना महिलाहरुले भाग लिएका थिए । एजेन्सी