जनता टाइम्स

२० मंसिर २०७६, शुक्रबार १९:०७

छोराले गरे आमा–बाबुकै हत्या


बुटवल, मंसिर २० । रुपन्देहीमा आफ्नै छोराले वृद्ध बुवाआमाको हत्या गरेका छन । ओमसतिया गाउँपालिका ४ बालापुर निवासी गोरख यादवले आफ्नै घरमा धारिलो हतियार प्रहार गरी बुवा र आमाको हत्या गरेका हुन ।

प्रहरीका अनुुसार गोरखले शुक्रबार बिहान घरको कोठाभित्र ७२ वर्षीय बुबा राम नारायण यादव र ७० वर्षीय आमा थगना यादवमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन । हतियार प्रहारपछि राम नारायणको घटनास्थलमै मृत्यु भएको थियो भने आमा थगनाको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । आमा बुवाको हत्या गर्ने यादवलाई पक्राउ गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ ।