जनता टाइम्स

२१ मंसिर २०७६, शनिबार ०८:०२

यौनसम्पर्क पछि तपाईका यस्ता बानि छन् भने आजैबाट छोड्नुहोस


एजेन्सी । प्रायः पुरुषले यौनसम्पर्कपछि ती कार्य गरिरहेका हुन्छन् जुन महिलाका लागि झन मन पर्दैन । सफल यौन कार्यका लागि दुबै जनाको मनैदेखि समर्पित हुन अनिवार्य छ । विवाहित दम्पतीबीच विशेषतः पुरुष पार्टनरले यौनसम्पर्कपछि गर्ने कतिपय व्यवहारले उनीहरुमा कुनै स्वार्थ लुकेको देखिन्छ । यस्तो व्यवहार प्रति महिला (श्रीमती) ले तत्काल गुनासो गरिहाल्दैनन् तर मनमा सोचेर राखेका हुन्छन् । यौन सम्पर्कपछि यस्तो व्यवहारले सहबासमा एउटा कर्तव्य मात्र हो, यसमा कुनै मनोरञ्जन छैन भन्ने हुन्छ । यौनसम्पर्क लगत्तै सहवाससँग असम्बन्धित अन्य कार्यमा लाग्दा आफ्नो पार्टनरप्रति कर्तव्यनिष्ठ नभएको कुरा बुझिन्छ ।

निदाउने बानी
अधिकाशं दम्पतिमा यो समस्या हुन्छ । यौनसम्पर्मामा संलग्न दम्पतीमध्ये विशेषतः पुरुषहरु यौनसम्पर्क सकिनासाथ निदाउँछन् त यसो त सहवास गरेपछि पनि यौनिक खिसिट्युरी गरी थप मज्जा लिन सकिन्छ । यौनसम्पर्कपछि निदाउने बानीले सहवासको मज्जा स्वातै घटाउँछ ।

सफा गर्न हतार गर्ने बानी
योनि, लिंग सम्पर्कपूर्व पाकक्रीडाका क्रममासँगै नुहाने, नुहाउँदै यौन क्रियाकलाप गर्ने बानीले सम्भोग कार्यलाई बढावा दिन्छ, तर पनि आफ्नै श्रीमान वा श्रीमती नै भए पनि कतिपय यौनसाथीलाई वीर्य वा योनिरस निकै असहज लाग्छ । सहवास पछि सफा कपडा वा प्याड प्रयोग गरेर आलिगंन गर्दे आपसी चुम्बनलाइृ निरन्तरता दिंदा थप आन्नद प्राप्त हुन्छ ।

साथीलाई समय दिने
अफिस तथा अन्य ठाँउका साथी एवं भोलिपल्ट वा पछि फोन सम्पर्क वा इमेल च्याटिङ गर्न सकिन्छ । यौन सम्पर्कको बेला यस्तो गर्नाले सहबासमा रुचि नभएको र यसलाई बाध्यताका रुपमा लिइएको अनुभव हुनसक्छ ।

पढाइ वा काम
सहवासमा संलग्न हुंदा दम्पत्तिले के सोच्छन भन्ने कुरा अझै अनुत्तरित छ । यौन अवस्थामा लिप्त हुन चाहेको बेला पुरुष पार्टनरले वेवास्था गरेजस्तो लाग्छ ।

अलग्गै सुत्ने
त्यसो त विवाहित नै भए पनि कतिपयको छुट्ट सुत्ने बानी हुन्छ । यस्तो भए पनि विशेषगरी यौनसम्पर्क लगत्तै तकिया, सिरक च्यापी अर्को खाट वा ओच्छ्यानतिर लाग्नु जिम्मेवार यौनसाथीलाई सुहाउँदन । यस्तो व्यवहारले आफ्नै यौनसाथीले आफूलाई लत्याएको मानी पछि–पछि यौन क्रियाकलापमा सहभागिता जनाउन आनाकानी गर्न सक्छन् ।