जनता टाइम्स

२१ मंसिर २०७६, शनिबार ०९:०३

क्रुरताको ६ घण्टाः करणी पछि, २७ किलोमिटर टाढा लगेर जलाउनुपूर्व यस्तो सम्म गरेका थिए


एजेन्सी । भारतको हैदराबादस्थित तेलंगनामा केही दिन अघि भएको एउटा घटनामा संलग्न चार जनालाई प्रहरीले इन्काउन्टर गरेको छ । २७ वर्षे महिला डाक्टरलाई करणीपछि ह त्या गरेको घटनामा संलग्न चार जनालाई प्रहरीले यस्तो सजाए दिएको हो ।

शमशाबादका डिसीपी प्रकाश रेड्डीका अनुसार प्रहरीले महिलालाई घटना घटाएको स्थानमै गएर उनीहरुलाई प्रहरीले कारवाही गरेको हो । महिलालाई चार जनाले करणी पछि आगो लगाएका थिए । प्रहरीले सो घटना कसरी भएको हो भनेर सोधपुछ गरेर यस्तो गरेको थियो । सोधपुछको क्रममा आरोपीले पुलिसको हतियार खोसेर भाग्ने कोसिस गर्न थाले पछि प्रहरीले यस्तो कारवाही गरेको हो । उनले पुलिसमाथि पनि जाइलागे ।

साइबराबादका पुलिस कमिश्नर वीसी सज्जनरले चारै आरोपी शुक्रबार बिहानै ३ देखि ६ बजेको बीचमा शादनगरस्थित चतनपल्लीमा मारिएको जानकारी दिए । आरोपीको प्रहारबाट २ प्रहरी पनि घाइते भएका छन् ।

खबर पाएपछि पीडितका परिवार खुसी भएका छन् । उनीहरुले आफुहरुलाई परेको पीडामा सहयोग गरेको प्रहरी र अन्य ब्यक्तिलाई धन्यवाद दिएका छन् । पीडितका बुवाले भने, ‘हाम्री छोरी मारिएको १० दिन भइसकेको छ । तेलंगना सरकार, पुलिस र जो व्यक्तिले मलाई सहयोग गरे, उनीहरुलाई बधाई । ’

यस्तै, पीडितकी बहिनीले पनि सो घटनामा आफ्नो प्रतिकृया दिएकी छन् । उनले सबै आरोपीलाई सकीदिएकोमा खुसी ब्यक्त गरेकी छन् । यो एउटा उदाहरणीय घटना हुनेछ, आशा छ भविष्यमा यस्तो घटना नदोहोरिएला । म पुलिस र तेलंगाना सरकारलाई धन्यवाद भन्न चाहन्छु ।’

सो घटना पछि अन्य सर्वसाधारण पनि घटनास्थलमा जम्मा भए । उनीहरुले प्रहरीका पक्षमा जिन्दावादको नारा समेत लगाए । पुलिसकर्मी र कमिश्नर सज्जनार जब घटनास्थल पुगे तब मानिसहरुले डिसीपी–एसीपी जिन्दाबादको नारा लगाएका थिए । पुलिसकर्मीमाथि पुष्प वृष्टि पनि गरिएको छ । पुलिसथाना अघिल्तिर पटाका पनि पड्काइएका छन् ।
तेलंगानाका कानूनमन्त्री ए इन्द्राकरण रेड्डीले एक समाचार च्यानलसँग भने, ‘भगवानले कानूनभन्दा अगाडि आरोपीलाई सजाय दिएको भन्दै प्रतिकृया दिएका छन् । उनीहरुमाथि जे भएको छ, त्यसले पूरा हिन्दुस्तानलाई खुसी दिएको छ । टिभीमा हामीले देखेका छौं कि आरोपीले पुलिसको ह’ति’यार लिएर भाग्ने कोसिस गरिरहेका थिए । जे भयो राम्रै भयो ।’

प्रियंका रेड्डी नामकी ती युवतीको स्कुटर पंक्चर भएको मौका छोपी उनीहरुले यो घटना घटाएका थिए । टोल प्लाजामा ति व्यक्तिले प्रियंकालाई पंक्चर बनाइदिने अफर दिए र स्कुटी लिएर गए । भोली पल्ट प्रियंकाको श’व फेला परेको थियो ।

यस्तो थियो घटना

भारतको हैदराबादमा महिला डाक्टरमाथि क्रुरताको विरुद्ध देशभर प्रदर्शन भइरहेको छ । सडकमा उत्रिएका नागरिकले महिला सुरक्षामाथि प्रश्न उठाएका छन् । यता पुलिको जाँचमा कैयौं खुलासा भएका छन् । घटनाका बेला भएका विभिन्न गतिविधिका भिडियोसँगै घटना विवरण पनि खुलेको आज तकले समाचार लेखेको छ ।

पुलिसका अनुसार २७ नोभेम्बरका दिन महिला डाक्टरलाई ट्रक ड्राइभर र उनका साथीहरुले अ’प’ह’र’ण गरे । आरोपीहरुले पीडितलाई सुनसान ठाउँमा लिएर गए र उनलाई थर्काएर रक्सी खुवाए त्यसपछि सामूहिक करणी गरे । एक आ’रोपीले मुख र नाक दबाएर पीडितको ज्या’न लिए । त्यसपछि त्यहाँबाट २७ किलोमिटर टाढा लगेर पेट्रोल हालेर लाश जलाए । शवको नजिकै पीडितको फोन घडी लुकाए ।

चारैजना आरोपी बाल्यकालका साथी हुन् । आरोपी मोहम्मद आरिफ ट्रक ड्राइभर हुन् । बाँकी तीनैजना क्लिनर हुन् । आरोपी नम्बर १ – नाम मोहम्मद आरिफ, उमेर २६ वर्ष, पढाइ १० कक्षा पास । आरोपी नम्बर २ – नाम शिवा, उमेर २० वर्ष । आरोपी नम्बर ३ – नाम नवीन कुमार, उमेर २० वर्ष, नवीन र शिवाको आपसमा नाता पर्छ । आरोपी नम्बर ४ – नाम चेन्ना केशवल्लु, उमेर २१ वर्ष, परिवार खेली गरेर गुजारा गर्छ, एक वर्ष पहिले उनको बिहे भएको थियो ।

पुलिसका अनुसार शिवाले सबैको लागि र’क्सी ल्याएका थिए । आरिफले पीडितलाई सबैभन्दा पहिले ‘करणी गका थिए । आरिफ, नवीन शिवा तीनजना मिलेर पीडितलाई उठाएर सुनसान ठाउँमा लिएर गएका थिए । आरिफले नै उनको मुख र नाक दबाएर हत्या ग’रेका थिए । उनैले पेट्रोल खन्याएका थिए र शिवाले आगो लगाएका थिए ।

हैदराबाद केसको जाँचको क्रममा जो खुलासा भएका छन् त्यसबाट यही देखिएको छ कि रक्सी’को नशामा लठ्ठ आरोपीहरु’ले डरलाग्दो घटना यसरी घटाए मानौं केही भएकै छैन । सबैजना पीडितलाई मारेर आगो लगाइ आरामसँ’ग घर गए । पुलिसले पीडितको शव समसाबादको बाहिरी इलाकामा भेट्टाएको थियो । पुलिसको रिमाण्ड कपीका अनुसार २७ नोभेम्बरको रात १० बजेदेखि बिहान ४ बजेसम्म पूरै वारदातको घटना घटाइएको थियो ।