जनता टाइम्स

२१ मंसिर २०७६, शनिबार ०९:५३

किन फेरिए चार जिल्लाका प्रहरी प्रमुख ?


काठमाडौं, मंसिर २१ । प्रहरी प्रधान कार्यालयले चार जिल्लाको प्रहरी प्रमुख हेरफेर गरेको छ । कार्यसम्पादन मुल्यांकणका आधारमा त िजिल्लाको प्रमुख फेरिएको हो ।

जसअनुसार जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्ष्क (एसपी) राजकुमार बैदवारलाई महाराजगञ्जस्थित तालिमकेन्द्रमा सरुवा गरी एसपी रबिन्द्र रेग्मीलाई धादिङ प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ। यसैगरी सर्लाहीका एसपी गोपालचन्द्र भट्टराईलाई कानुन शाखामा सरुवा गर्दै बिश्वमणि पोखरेललाई पठाइएको छ । काभ्रेका एसपी जयराज सापकोटालाई दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर सरुवा गरी काभ्रेमा ट्राफिक महाशाखाका एसपी रवि पौडेल पठाइएको छ ।

यसैगरी स्याङ्जाका एसपी राजकुमार लम्साललाई हेडक्वार्टर सरुवा गरी प्रहरी मुख्यालयको कानुन शाखाका एसपी जनार्दन जिसिलाई पठाइएको छ ।