जनता टाइम्स

२१ मंसिर २०७६, शनिबार १०:३१

बंगलादेशविरुद्ध पारसको उत्कृष्ठ बलिङ


काठमाडौं, मंसिर २१ १३औं दक्षिण एशियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा नेपाल अहिले बंगलादेशको सामना गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि बंगलादेश यू–२३ टोली ब्याटिङ गरिरहेको छ।

बंगलादेशविरुद्ध नेपाली बलरले शुरुवातमा राम्रो प्रदर्शन गरेका छन् । शुरुवाती १० ओभरमा ५८ रन बनाउँदा बंगलादेशको ३ विकेट गुमिसकेको छ । तीनै विकेट पूर्व कप्तान पारस खड्काले लिएका हुन् । पारस खड्काले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए ।

दोस्रो ओभरमै बलिङ गर्न आएका पारसले तेस्रो बलमा ओपनर मोहम्मद नइम शेखलाई ६ रनमा बोल्ड आउट गर्दै पेभिलिएन फर्काएका थिए । पारसलेनै अर्का ओपनर सौम्य सरकारलाई चौथो ओभरको तेस्रो बलमा करण केसीबाट ६ रनमा क्याच गराउँदै नेपाललाई राम्रो सुरुवात दिलाएका छन् । पारसले लगतै पाँचौ बलमा सैफ हसनलाई शून्यमा बोल्ड आउट गर्दै टेष्ट टोली बंगलादेशलाई दबाबमा राखेका छन् । यसै ओभरको अन्तिम बलमा याशिर अली चौधरीको क्याच ललित नारायण राजवंशीले छाडेका थिए ।