जनता टाइम्स

२१ मंसिर २०७६, शनिबार ११:०८

म्याराथनमा रजत विजेता पुष्पाको राष्ट्रिय किर्तिमान


काठमाडौं, मंसिर २१

१३ औं दक्षिण एसियाली खेलकूद (साग)अन्तर्गत महिला म्याराथनमा नेपालकी पुष्पा भण्डारीले रजत पदक जितेकी छिन् । महिलातर्फ ४२ दशमलव १९५ किलोमिटर म्याराथन दौडमा भण्डारीले रजत पदक जितेकी हुन् ।

यस प्रतियोगितामा श्रीलंकाकी हिरोनी केसाले स्वर्ण पदक जितिन् । केसाले निर्धारित दूरी २ घण्टा ४१ मिनेट २४ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितिन् । केसाभन्दा पुष्पा ९ मिनेट १३ सेकेण्डले पछि परी रजतमा सीमीत भएकी हुन् ।

पुष्पाले कान्छीमायाले २०१६ मा राखेको २ घन्टा ५५ मिनेट ५७ सेकेन्डको कीर्तिमान भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन् । पुष्पाले शनिबार निर्धारित दुरी २ घन्टा ५० मिनेट ११ सेकेन्डमा पुरा गर्दै नयाँ कीर्तिमान बनाइन् ।